माघदेखि सुकुम्वासीलाई जग्गा बाँड्न शुरु गर्छौं : अध्यक्ष निरौला काठमाडौं। राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आगामी माघ महिनादेखि भूमिहीन सुकुम्वासीलाई जग्गा वितरण शुरु गर्ने बताएका छन्। नियमित प्रक्रियाबाट वितरण गर्दा ७८ वर्ष लाग्ने भएपछि आयोगले आधुनिक विधि अपनाउने उनले बताए। आयोगले काम देखाउन वा चर्चा बटुल्न भन्दापनि भूमिहीनको समस्याको दीर्घकालीन समाधान गर्ने दिशामा काम गर्ने उनले स्पष्ट पारे। हाल नेपालमा पन्ध्रलाख भूमिहीन सुकुम्वासी रहेको आयोगको अनुमान छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्