एमालेको आह्वान १०० रुपैयाँ पार्टीको खातामा जम्मा गर्नुस् काठमाडौं। नेकपा एमालेले आगामी दशौं राष्ट्रिय महाधिवेशनमा हुने खर्च रकम पार्टी सदस्यहरुबाटै उठाउने भएको छ। बुधबार बसेको महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तिमा एक सयका दरले संकलन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। उनका अनुसार उक्त रकम पार्टी सदस्यहरुले अनलाइनमार्फत पार्टीको खातामा जम्मा गर्नुपर्नेछ। एमाले संगठित सदस्य ७ लाख २० हजार रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्