बाह्रौँ राष्ट्रिय जनगणना भोलिदेखि सुरु काठमाडौं। केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना बिहीबारदेखि शुरु हुँदैछ। विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जनगणना कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन हुने बताए। उनले जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५०० सुपरिवेक्षकहरु परिचालन हुने पनि जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्