काठमाडौं। हिमाली समुदायको नयाँ वर्ष एवम् सोनाम ल्होछार आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। मञ्जुश्री पात्रोअनुसार आजदेखि नयाँ वर्ष २८५६औं वर्ष शुरू भएको हो।

‘ल्हो’को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ हो, समग्रमा ल्होछार भनेको नयाँ वर्ष हो। आदिवासी जनजातिहरूले परापूर्वकालदेखि नै सोनाम ल्होछारलाई मुख्य चाडको रूपमा मनाउँदै आइरहेका छन्।

६० वर्षको लुनार चक्रमा आधारित यो पर्वको एक चक्र १२ जनावरहरूले बनेको हुन्छ, जसमा पाँचवटा तत्व (खम)हरू समेत समावेश हुन्छ। हरेक तत्वहरूको अघि स्त्री (म्हो) वा पुरुष (फो)को उपसर्ग दिएको हुन्छ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाइन्छ। हरेक वर्ष मुसा, गोरु, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर नामको हुन्छ। प्रत्येक १२ वर्षमा यो चक्र दोहोरिन्छ। आजबाट सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ।

सोनाम ल्होछारको प्रारम्भ पहिलो महीनाको पहिलो दिनदेखि आरम्भ हुने भएता पनि यो ल्होछार मनाउन शुरू हुने भनेको अन्तिम महीनाको २९औँ दिन अर्थात् औंसीको अघिल्लो दिनदेखि हुन्छ।

घर आँगनको सरसफाइदेखि लिएर घरेलु मदिरा, चिउरा, चामल, पिठो र लुगाफाटाको जोरजामसम्म सबै ल्होछार पूर्व नै तयार पारिन्छ। ल्होछार पूर्वको कृष्ण त्रयोदशीसम्ममा सरसफाइ सबै सिध्याइन्छ र चतुर्दशीको दिन चुल्हो वा अगेनामाथिको धुवाँ सोहोरेर दोबाटोमा फाल्ने गरिन्छ। र, त्यो बेलुका क्हुथुक्पा/ल्होफी (क्वाँटी, ९ थरीको अन्न राखेर बनाइने जाउलो) खाइन्छ।

ल्होछारमा बनाइने विशेष प्रकारको परिकार भनेको बाबर हो। यो बाबर पनि ल्होछार पूर्व नै तयार पारिन्छ। गोलाकार बाबरलाई थालमा फूल आकारमा सजाइन्छ यसैलाई देर्का भनिन्छ।

प्रतिपदाका दिन बिहान शुभ साइत जुराएर घर आँगनमा धार्सीङ (ध्वजा) उठाइन्छ। यसको पूर्ण रूप दिन आवश्यक थप सामग्री भनेको दच्र्यो (कपडामा छापिएको बुद्धका बचनहरू), खोर्लो (ध्वजाको शिरमा राखिने चक्र), स्याम्फुप (गोलाकार चक्रमा राखिने विशेष प्रकारको कपडा) र राल्डी (चक्रमाथि राखिने खड्ग) हुन्।

धर्सीङ उठाउनु अघि जमिनमा गाडिने एक डेढ फुट छोडेर पनि २–३ फुटसम्म खाली भाग छोडी दर्च्यो धर्सीङमा लगाइन्छ र दर्च्यो भन्दा माथि शिरमा चक्र र चक्रमाथि खड्ग लगाइन्छ।

भिडिओः मिङ्‍मार ग्याल्बाे लामा।

" /> काठमाडौं। हिमाली समुदायको नयाँ वर्ष एवम् सोनाम ल्होछार आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। मञ्जुश्री पात्रोअनुसार आजदेखि नयाँ वर्ष २८५६औं वर्ष शुरू भएको हो।

"> यसरी मनाइन्छ सोनाम ल्होछार (भिडिओसहित): Dekhapadhi
यसरी मनाइन्छ सोनाम ल्होछार (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्