त्रिभुवन आर्मीका प्रशिक्षक भन्छन्- ‘अवसरलाई सदुपयोग गर्न सकेनौं’
काठमाडौं। त्रिभुवन आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेलमा जित हात पार्न नसकेको बताएका छन्।

“तीन अंक लिएको भए उपाधि होड अझ बलियो हुन्थ्यो। तर, पनि हामी शीर्ष स्थानमै छौं। हामीले जुन गतिमा खेल्नुपर्ने हो त्यसलाई मेन्टेन गरेर खेलेका थियौं”, उनले भने, “अवसर पनि बनायौं। तर एनआरटीका गोलकिपर अजित प्रजापती बाधक बने। उनले धेरै राम्रो बचाउ गरे।”

त्रिभुवन आर्मीले दोस्रो हाफमा दबाबमा राखेको थियो। अवसर पनि धेरै सिर्जना गरेको थियो । तर, पाएको अवसर सदुपयोग गर्न नसक्दा जित हात पार्न नसकेको प्रशिक्षक न्यौपाने बताउँछन्।
“आगामी खेलमा स्कोरिङमा सुधार गरेर अंक नतिजा निकाल्नेछौं, हाम्रो स्ट्राइकरबीच तालमेल मिलेको छैन”, उनले भने।

एनआरटीका प्रशिक्षक राजु शाक्यले त्रिभुवन आर्मीको दबाबलाई चिर्न नसकेको बताएका छन्। “आज हामी तीन अंककै लागि आएको हो। तर, खेल भनेजस्तो भएन”,  शाक्य भन्छन्, “हाम्रा खेलाडीहरूले विपक्षी टीमको रणनीति बुझ्न सकेनन्। तर, खेलाडीहरूले मिहिनेत चाहिं गरेकै हुन्।”

मिडफिल्ड राम्रो नहुँदा गोल निस्कन नसकेको उनको भनाइ छ। “आर्मीलाई च्याम्पियन बन्न आज तीन अंक महत्त्वपूर्ण थियो। तर, यो बराबरीले उनीहरूलाई पक्कै दबाब भएको हुुनुपर्छ”, उनले भने।

प्रतिक्रिया दिनुहोस्