गौतम बुद्ध विमानस्थलमा अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुन्छ : महानिर्देशक क्षेत्री काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताएका छन्। विमानस्थलको टेक्निकल स्टाटस (प्राविधिक स्थिती)को काम लगभग सकिसकेको भन्दै अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने उनले दावी गरे। अबको एक महिनामा केलिब्रेशन फ्लाइट (परीक्षण उडान) गर्ने र त्यसबीचमा आफ्ना आन्तरिक गृहकार्य सम्पन्न गर्ने लक्ष्य लिएको उनको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्