काठमाडौं। शीर्ष वरीयताका राफेल नाडाल आफ्नै देशका पाब्लो कार्रेनो बुस्टालाई ३-० को सोझो सेटमा हराउँदै अस्ट्रेलियन ओपनको चौथो चरणमा स्थान बनाएका छन्।
नाडालले अस्ट्रेलियन ओपनको चौथो चरणमा स्थान बनाएको यो लगातार चौथो वर्ष हो। सबैभन्दा धेरै २० ग्राण्डस्लाम जित्ने रोजर फेडेररको कीर्तिमानसँग बराबरी गर्ने लक्ष्यमा नाडालले स्पेनका कार्रेनो बुस्टालाई ६–१, ६–२, ६–४ को सेटमा हराएका हुन्।
“आज मेरो प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन हो। यसमा कुनै शंका छैन। त्यसैले म धेरै सकारात्मक छु। पाब्लो मेरा राम्रा साथी हुन्। उनीसँग म क्षमा चाहन्छु र बाँकी सिजनका लागि शुभकामना दिन चाहन्छु”, नाडालले भने, “आज मैले धेरै राम्रो सर्भिस गरे। फोरह्यान्ड सट पनि मैले राम्रो खेले। जुन मेरो मुख्य हतियार हो।”
३३ वर्षे नाडालले २००९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए। नाडालले अब निक किर्रिओस र करेन खाचनोभबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।
आगामी खेलबारे नाडालले भने, “दुवै राम्रा खेलाडी हुन्। निक घरेलु मैदानमा सधैँ राम्रा खेल्छन्। करेन राम्रो सम्भावना भएको खेलाडी हुन्। म उनीहरूको खेल जान्छु। विश्वकै राम्रा खेलाडीबीचको खेल हेरेर आनन्द लिन्छु।”
" /> काठमाडौं। शीर्ष वरीयताका राफेल नाडाल आफ्नै देशका पाब्लो कार्रेनो बुस्टालाई ३-० को सोझो सेटमा हराउँदै अस्ट्रेलियन ओपनको चौथो चरणमा स्थान बनाएका छन्।नाडालले अस्ट्रेलियन ओपनको चौथो चरणमा स्थान बनाएको यो लगातार चौथो वर्ष हो। सबैभन्दा धेरै २० ग्राण्डस्लाम जित्ने रोजर फेडेररको कीर्तिमानसँग बराबरी गर्ने लक्ष्यमा नाडालले स्पेनका कार्रेनो बुस्टालाई ६–१, ६–२, ६–४ को सेटमा हराएका हुन्।

">