सन्दीपले लिए एक विकेट
<p>काठमाडौं। अस्ट्रेलियन बिग बास लिगमा सन्दीप लामिछानेको विकेट लिने क्रम जारी नै छ। सन्दीपले आज पनि ब्रिसबेन हिटविरुद्ध एक विकेट लिएका छन्।</p>
<p>चार ओभर बलिङ गरेका सन्दीपले १६ रन दिएर एक विकेट लिएका हुन्। मेलबर्न स्टार्सका सन्दीप र दिबार हुसैनले समान एक तथा एडम जम्पाले तीन विकेट लिएपछि टस जितेर ब्याटिङ थालेको ब्रिसबेनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८६ रन बनायो।</p>
<p>ब्रिसबेनका लागि एबी डी भिलियर्सले सबभन्दा धेरै ७१ रन बनाए। उनले ३७ बलमा दुई चौका र ६ छक्का प्रहार गरे। कप्तान क्रिस लेनले ३४, बेन कटिङले २२ तथा साम हेजलेटले १८ रन बनाउँदा मार्नुस लाबुसेन २४ रनमा अविजित रहे।</p>
प्रतिक्रिया दिनुहोस्
