कोही मान्छे मलामी जाँदा नाच्छ गाउँछ भने त्यो ओली हो:- प्रचण्ड काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका छन्। उनले शुक्रवार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै ओली प्रवृत्ति नेपाल र नेपाली जनताको लागि घातक हो भन्ने कुरा स्थापित भएपछि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली बालुवाटारबाट बालकोट जानुपरेको बताए। उनले ओली प्रवृत्तिलाई मलामी जाँदा हास्ने प्रवृत्ति भएको तर्क दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्