प्रधानन्यायाधिश जबराको राजीनामा माग काठमाडौं। वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, मुक्ति प्रधान, कृष्णप्रसाद भण्डारी र सुरेन्द्रकुमार महतोले प्रधानन्यायाधीशले न्यायालयलाई विवादमा तानेको भन्दै राजीनामा दिनुपर्ने बताएका हुन्। वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले न्यायिक क्षेत्र जलिरहेको र निभाउने मान्छे अपांग भइसकेको अवस्थामा प्रधानन्यायाधीशले तत्काल राजीनामा दिएर न्याय क्षेत्रको गरिमा बचाउनुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्