माधव नेपालजस्ता अपराधी तत्वलाई एमालेमा स्वीकारिँदैन : ओली काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल बाहेकका नेताहरुलाई एमालेमै फर्कन आग्रह गरेका छन्। पार्टीबाट केही अनुशासनहिन र अराजक तत्वहरुमात्रै बाहिरिएको दावी गर्दै उनले माधव नेपालजस्ता अपराधी तत्वलाई फेरि एमालेले ठाउँ नदिने स्पष्ट पारे। आइतबार एमाले झापा जिल्ला कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी चुनावमा पनि एमाले नै पहिलो पार्टी बन्ने दाबी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्