कूटनीतिबारे केही पनि नजान्नेहरु राजदूत भएर विभिन्न देश गएको देख्दा दुःख लाग्छ : भीम रावल काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालमा कूटनीतिको ‘क’ पनि नजान्नेहरु राजदूत भएर विभिन्न देश गएको देख्दा आफूलाई दुःख लाग्ने गरेको बताएका छन्। नेपालले कूटनीतिक क्षेत्रलाई सबैभन्दा सुदृढ बनाउनुपर्नेमा उनको जोड थियो। संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशको पहिचानलाई विश्वसामू पुर्याउन पनि नेपालले कूटनीतिक क्षेत्रलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्