काठमाडौं। के तपाईं अझै पनि बाग्मतीमा फोहोर फाल्नुहुन्छ ? देशको राजधानीमा बसेर पनि कतै तपाईं आफैलाई असभ्य देखाउने यस्तो काम गरिरहनु भएको त छैन ? ख्याल गर्नुस्, यस्तो कामले तपाईंलाई असभ्य मात्र देखाउँदैन, बाग्मतीलाई पनि फोहोर बनाइरहन्छ । अनि बाग्मतीको छेउछाउ हिंड्दा पनि नाक मुख थुनेर हिंड्नुपर्ने अवस्था आइरहनेछ ।

बाग्मतीलाई फोहोरबाट जोगाएर कञ्चन पानी बग्ने बनाउन ६ बर्षअघि शुरु भएको सफाइ महाअभियानको आज ३५० औं सप्ताह पुगेको छ । ४ जेठ २०७० मा तत्कालीन मुख्यसचिव लिलामणि पौड्यालको अगुवाईमा शुरु भएको अभियान हो, यो ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख लिलाप्रसाद ढकालका अनुसार बाग्मती सरसफाइबाट अहिलेसम्म १२ हजार मेट्रिक टन फोहोर संकलन भएको छ । ढकाल भन्छन्, “अभियानका क्रममा हरेक शनिवार तीन देखि पाँच टन फोहोर संकलन हुन्छ ।”

बाग्मती सफाइ महाअभियानले ६ वर्ष ८ महीना पूरा गरेको छ । यति लामो समय बितिसक्दा पनि अभियान थाकेको छैन, बरु प्रत्येक हप्ता यसले निरन्तरता पाइरहेको छ । यो अभियान सुन्दरीजलदेखि कीर्तिपूरको सुन्दरीघाट (चोभार)सम्म चल्ने गरेको छ ।

अभियान जारी नै रहँदा धेरैको मनमा उब्जिने प्रश्न हो– के बाग्मती नदीमा फेरि कञ्चन पानी बग्ने दिन आउला त ?

बाग्मती सरसफाइ अभियान शुरू हुँदा धेरैले यसलाई ‘नाटकीय काम’ भएको टिप्पणी पनि गरेका थिए । तर, ६ वर्षको मेहनतपछि यो अभियान बाग्मतीमा फोहोर फाल्नुहुन्न भन्ने चेतना विकास गराउन भने सफल भएको छ ।
बाग्मती सफाइ महाअभियान ३५० औं सप्ताहका कार्यक्रम संयोजक राजकुमार भट्टराईले भने, “अभियानको उद्देश्य चेतना फैलाउनु थियो, जुन धेरै हदसम्म सफल भएको छ ।”

महाअभियानको शुरूआतमा दैनिक ४० टनसम्म फोहोर संकलन हुने गरेकोमा अहिले तीनदेखि चार टनसम्म मात्र फोहोर संकलन भइरहेको उनले बताए । भट्टराईले भने, “फोहोर घट्नु भनेको अभियानको ठूलो उपलब्धि नै मान्नुपर्छ ।”
बाग्मतीमा फोहोर फाल्ने क्रम करिब ८० प्रतिशत घटेको भट्टराईको दाबी छ ।

हुन पनि महाअभियान शुरु हुनुअघि राजधानीबासीले घरको फोहोरसमेत बाग्मती नदीमै फाल्थे । अहिले त्यो क्रम फेरिएको छ । धेरैले घरबाट निस्कने फोहोर व्यवस्थित गर्न थालेका छन् ।

आयोजना प्रमुख ढकाल भन्छन्, “बाग्मतीमा ठोस किसिमका फोहोरजन्य पदार्थ फाल्न बन्द नै भएको छ । महाअभियानले सरकारलाई पनि छिटो ढल व्यवस्थापन र प्रशोधनका काम गर्न दबाब दिएको छ ।”

बाग्मती सफाई ३५० औं सप्ताहमा पुग्दा केही देखिने परिवर्तन पनि भएका छन् । जस्तो कि, बाग्मती नदी किनारमा हरियाली पार्क बनेका छन् । बोटबिरुवा रोप्ने क्रम चलिरहेको छ । नदीको किनारैकिनार चिल्ला सडक बन्नथालेका छन् । “बाग्मती सरसफाइले सुधार ल्याएकै हो”, ढकालले भने, “अब यसलाई थप प्रदुषित हुन नदिनु महत्वपूर्ण कुरा हो ।”

कार्यक्रम संयोजक भट्टराई भने अझैं पनि धेरै काम हुन बाँकी रहेको बताउँछन् । बाग्मती संरक्षणका धेरै काम द्रूत गतिमा अघि बढे पनि अझ धेरै गर्नुपर्ने उल्लेख गर्दै उनले भने, “ढल व्यवस्थापन गरेर, वाटर–ट्रीटमेन्टमार्फत प्रशोधित पानी बाग्मतीमा नबगाएसम्म बाग्मतीलाई पूरानै अवस्थामा फर्काउन गाह्रो छ ।”

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको वेबसाइटमा उल्लेख भएअनुसार बाग्मती नदी किनारका ५३ स्थानमा उद्यान-हरियाली क्षेत्र निर्माण कार्यका लागि निवेदन प्राप्त भएको छ ।

बानेश्वर–शंखमुलस्थित बाग्मती नदीको पश्चिम किनारमा एक हजार १०० वर्ग मिटर क्षेत्रफलमा ‘आर्ट अफ लिभिङ’ नामको गैरसरकारी संस्थाले पार्क निर्माण गरेको छ । त्यहाँ दिउँसो ४ बजेदेखि मानिसहरु बस्न र घुम्न पुग्छन् । सरकारी-गैरसरकारी संस्थाले पनि विभिन्न ठाउँमा यस्तै पार्क निर्माण गर्दैछन् ।

संयोजक भट्टराईका अनुसार अहिलेसम्म करीव १० लाख मानिस बाग्मती सफाई अभियानमा जोडिएका छन् । २५ सय भन्दा बढी संघसंस्थाहरुसमेत यो अभियानमा आबद्ध भएका छन् ।

बाग्मतीमा कञ्चन पानी बगाउने उद्देश्यसहित सरकारले शिवपूरी राष्ट्रिय निकुञ्जभित्र रहेको धापमा ड्याम (बाँध) बनाउने काम गरिरहेको छ । उक्त बाँध निर्माणको काम आउँदो चैतभित्र सम्पन्न गर्ने लक्ष्य छ । त्यसैगरी २०७७ साउन–भदौसम्म पानी संकलन गर्ने काम हुनेछ ।

आयोजना प्रमुख ढकाल भन्छन्, “संकलन गरिएको पानी हिउँदको माघ–फागुन–चैतमा ४० लिटर प्रतिसेकेन्डका दरले बाग्मतीमा पानी बगाउने तयारी गरिएको छ ।” यसो गर्दा मृतप्रायः अवस्थामा पुगेको बाग्मती पुनर्जिवित हुने उनको विश्वास छ ।

नदीको दायाँबायाँ तटबन्ध निर्माण, नदी वरिपरि कोरिडोरको निर्माण र ढल व्यवस्थापनको काम सरकारले धमाधम अघि बढाएको उनले बताए । आउँदो बर्षायाममा बाग्मतीमा नुहाउनयोग्य पानी बगाउने अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको दावी छ । त्यसकै लागि नदीकिनारमा बसेका सुकुम्बासीहरुलाई अन्यत्र व्यवस्थापन गर्ने काम पनि अघि बढाउन लागिएको छ ।

फोहोर फाल्नेमाथि खोई कारबाही ?

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति भनिए पनि समितिलाई बाग्मतीमा फोहोर फाल्नेमाथि कारवाही गर्ने अधिकार भने छैन ।

बाग्मतीमा फोहोर फाल्नेलाई स्थानीय तहले फोहोरमैला व्यवस्थापन ऐन अनुसार कारवाही गर्नसक्ने प्रावधान मात्र छ। आयोजना प्रमुख ढकालले फोहोर फाल्नेलाई अहिलेसम्म कारवाही गरिएकोबारे आफूलाई जानकारी नभएको बताए।

बाग्मतीमा फोहोर फाल्ने व्यक्तिलाई कानूनको दायरामा ल्याउन समितिले नयाँ ऐनको मस्यौदा बनाउने तयारी गरिरहेको छ। त्यसमा फोहोर फाल्नेलाई दण्डित गर्ने प्रावधान राख्न लागिएको छ ।

" /> काठमाडौं। के तपाईं अझै पनि बाग्मतीमा फोहोर फाल्नुहुन्छ ? देशको राजधानीमा बसेर पनि कतै तपाईं आफैलाई असभ्य देखाउने यस्तो काम गरिरहनु भएको त छैन ? ख्याल गर्नुस्, यस्तो कामले तपाईंलाई असभ्य मात्र देखाउँदैन, बाग्मतीलाई पनि फोहोर बनाइरहन्छ । अनि बाग्मतीको छेउछाउ हिंड्दा पनि नाक मुख थुनेर हिंड्नुपर्ने अवस्था आइरहनेछ ।

"> कहिले बग्ला बाग्मतीमा कञ्चन पानी ? : Dekhapadhi
कहिले बग्ला बाग्मतीमा कञ्चन पानी ?

प्रतिक्रिया दिनुहोस्