जसपाद्वारा जसपा कार्यालयमा तालाबन्दी काठमाडौं। जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्नुको साथै पार्टी अध्यक्ष उपेन्द्र यादवको पुतला जलाएका छन्। पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको विरोधमा पर्साका युवाहरुले आज काठमाडौँ बालकुमारीस्थित पार्टी कार्यालयमा प्रदर्शन गरेको हो। प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै युवाहरु आक्रोशित हुँदै प्रदर्शन गरेका हुन्। उनीहरुले अध्यक्ष यादवको राजीनामा माग समेत गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्