महत्त्वपूर्ण साथी छुट्दा दुःख लागेको छ: प्रधानमन्त्री देउवा काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरूलाई समेट्न नसक्दा दुःख लागेको बताएका छन्। बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा बोल्दै देउवाले विस्तारित मन्त्रिपरिषद्मा पार्टी भित्रका महत्वपूर्ण नेतालाई समेट्न नसक्नु आफ्नो बाध्यता भएको बताए। प्रधानमन्त्री देउवाले अहिले छुटेका नेताहरूलाई उचित भूमिका दिने आश्वासन समेत दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्