हामीलाई उत्पादनमा आधारित विकास चाहिएको छ : अर्थमन्त्री शर्मा काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मुलुकलाई उत्पादनमा आधारित विकास चाहिएको बताएका छन्। सरकारले ‘पढ्दै कमाउँदै’ भन्ने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी दिँदै उनले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि सो कार्यक्रम कोशेढुंगा हुने बताए। शनिबार काठमाडौंमा आयोजित ‘कोरोना महामारीमा शैक्षिक रुपान्तरण विषयक’ छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले त्यसले मुलुकको शैक्षिक क्षेत्र र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्