सीमास्तम्भको अवस्थाबारे स्थलगत अनुगमन शुरू
कैलाली। नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुरका सीमास्तम्भको अवस्थाबारे स्थलगत अध्ययन थालेको छ।

कैलाली र कंचनपुरमा हिजो(शुक्रबार) देखि नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले सीमास्तम्भको अवस्थाबारे स्थलगत अध्ययन गर्न शुरू गरेको संयुक्त टोलीका प्रमुख नापी अधिकृत जनकबहादुर भण्डारीले बताए। भण्डारीका अनुसार छुट्टाछुट्टै खटिएका दुई टोलीले भारतसँग सीमा जोडिएको कैलालीको पूर्वी सीमानाका खक्रौलादेखि कञ्चनपुरको ब्रह्मदेव नाकासम्मका सीमा स्तम्भको अवस्था अध्ययन गर्नेछन्।

गतहप्ता भारतीय बजार टनकपुरमा बसेको संयुक्त सीमा सर्भे टोलीको बैठकले सर्भेको काम थाल्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार फिल्डमा सीमा स्तम्भको अवस्था बुझ्ने र विवादित क्षेत्रमा जनताको भावना बुझ्ने लगायतको काम थालिएको भण्डारीले बताए।

प्रतिक्रिया दिनुहोस्