केराबारी गाँउपालिकामा बम बिस्फोट
<p>विराटनगर। मोरङको केराबारी गाँउपालिकामा बम बिस्फोट भएको छ । </p>
<p>बम बिस्फोटका कारण गाँउपालिकाको मुल गेटमा क्षति पुगेको छ। त्यस्तै बमको छर्राले गेट नजिकै रहेको जेनेरेटर र गाउँपालिका अगाडि रहेको लामिछाने खाजा घरमा पनि सामान्य क्षति क्षती पुगेको छ । </p>
<p>गाउँपालिकाको भवनको पश्चिमपट्टीको गारोमा बढी क्षति भएको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले जानकारी दिएका छन्। बम विष्फोट कसले गरायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
