प्रतिबन्धित नेकपाका जिल्ला सदस्य पक्राउ
<p>बर्दिया। प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका एक कार्यकर्ता बर्दियामा पक्राउ परेका छन्। नेकपा बर्दियाका जिल्ला सदस्य रहेका बम बहादुर खडकालाई हिजो (शुक्रबार) साँझ प्रहरीले पक्राउ गरेको हो।</p>
<p>बर्दिया प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले खड्कालाई बार बर्दिया नगरपालिका-८ कतर्नियाबाट पक्राउ गरिएको जानकारी दिए। </p>
<p>चन्द समूहको नेकपाको नाममा जबर्जस्ती चन्दा मागिरहेको भन्ने सूचनाका आधारमा खडकालाई पक्राउ गरिएको हो। खडकाको साथबाट नेकपासँग सम्बन्धित केही कागजपत्रहरू बरामद गरिएको पनि एसपी बास्तोलाले देखापढीलाई बताए।<br />
</p>
प्रतिक्रिया दिनुहोस्
