डोल्पा। डोल्पामा एकै पटक ४५० घर बन्ने भएका छन्। कर्णाली जनता आवास कार्यक्रममार्फत ४५० दलित परिवारका लागि घर बन्ने भएका हुन् ।
प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा १५० घरधुरी र ‘ख’ मा ३०० घरधुरी गरी ४५० घर बन्ने भएका हुन् । त्रिपुरासुन्दरी नगरपालिकामा ८५, जगदुल्ला गाउँपालिकामा ८५, मुड्केचुला गाउँपालिकामा १०० घर बन्ने छन् ।
त्यसैगरी ठूलीभेरी नगरपालिकामा १००, काइके गाउँपालिकामा ५० र शे फोक्सुण्डो गाउँपालिकामा ३० घर बन्ने छन् ।
दलित घर परिवार भएका छवटा स्थानीयतहमा मात्र घर निर्माण गरिने बताउँदै दलित बस्ती नभएका डोल्पो बुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा घर नबनाइने भौतिक पूर्वाधार कार्यालय डोल्पाले जनाएको छ ।
जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधिमा दलित परिवारमात्रै नभनेर आर्थिक अवस्था कमजोर भएका लोपोन्मुख, अति सीमान्तकृत, अतिविपन्न, गरिब घर परिवारका घर बनाउने भनिए पनि डोल्पामा दलित घर परिवारको मात्र घर बनाउन लागिएको हो।
एउटै समुदायमा बस्दै आएका कतिपय गैरदलितको आर्थिक अवस्था दलितभन्दा पनि निकै नाजुक भएकाले त्यस्ता परिवारको पनि घर निर्माण गरिनुपर्ने सरोकारवालाको भनाइ छ। आगामी वर्षदेखि विपन्न गैरदलित समेटिने कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए।
भौतिक पूर्वाधार विकास कार्यालयमार्फत शहरी विकास तथा भवन कार्यालय कर्णाली प्रदेश सूर्खेतले घर निर्माण गर्न लागेको हो। दुई कोठे घर निर्माणका लागि चार किस्तामा अनुदान रकम प्रदान गरिने भौतिक पूर्वाधार कार्यालयका प्राविधिक प्रवेश महताराले जानकारी दिए।
महताराका अनुसार पहिलो किस्तामा २५, दोस्रो ३०, तेस्रो ३५ र अन्तिम किस्ता १० प्रतिशत गरी चार लाख रुपैयाँ एउटा घर बनाउन दिइनेछ। रासस
–––