एमाले सांसदलाई सभामुखले किन सम्झाए संविधानको धारा १०५ ? काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुलाई संविधानको धारा १०५ को स्मरण गराएका छन्। सोमबार एमाले सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै सभामुख विरुद्ध नाराबाजी गरेपछि उनले मुद्दा अदालतमा विचाराधीन रहेकाले मुद्दालाई प्रतिकुल पार्नेगरी छलफल हुन नसक्ने बताएका हुन्। नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरुमा न्याय निरुपणमा प्रतिकूल असर पर्ने विषयमाथिसदनमा छलफल गर्न नपाइने उनले स्पष्ट पारेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्