टर्कीमा भूकम्प, कम्तीमा १८ जनाको मृत्यु <p>काठमाडौं। टर्कीको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्पका कारण कम्तिमा १८ जनाको मृत्यु भएको छ। &nbsp;५०० भन्दा बढी घाइते भएका छन्। कम्तीमा ३० जना भत्किएका घरका संरचनामा च्यापिएका छन्।</p> <p>एलाजिग प्रान्तको सिभरिस शहरलाई केन्द्रविन्दु बनाएको भूकम्प ६.७&nbsp;म्याग्निच्युडको रहेको थियो। स्थानीय समय अनुसार गएराति ८:५५ मा भूकम्प गएको त्यहाँका अधिकारीहरूले जानकारी दिएका छन्।</p> <p>टर्कीको भुकम्पको कम्पन सिरिया, लेबनन&nbsp;ईरान, अरमेनिया र जर्जियामा पनि महसुस गरिएको थियो।&nbsp;</p> <p>टर्कीमा प्राय भूकम्प गइरहन्छ। सन् १९९९ मा टर्कीको पश्चिमी शहर लजमीतमा गएको भूकम्पमा परी कम्तिमा सत्र हजार मानिसको मृत्यु भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्