हेर्नैपर्ने आज दिनभरका मुख्य १२ खबर काठमाडौं। सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी अध्यादेश र एकीकृत समाजवादीविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकारगरेको छ। राजा बन्ने लोभमा नारायणहिटी संग्रहालयबाट श्रीपेच चोर्न खोज्ने एकजना पक्राउ परेका छन्।आफुसँग चुनाव लडेर देखाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एमाले नेता रामबहादुर थापा बादलले चुनौति दिएका छन्। समाज कल्याण परिषद्का पदाधिकारीद्वारा पदबाट सामूहिक राजीनामा दिएका छन्। सुन प्रतितोला ६ सय रूपैयाँले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्