सुर्खेत। नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा कर्णाली प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी विरेन्द्रनगरमा शुरू भएको छ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा शुरू भएको उक्त गोष्ठीमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण तथा अनुसन्धान, शान्ति सुव्यवस्था, विपद उद्दार र व्यवस्थापन, भावी कार्यदिशा, सुरक्षा चुनौती एवं रणनीति, देशभरको जघन्य अपराधको तुलनात्मक विश्लेषण, देशभरको समग्र अपराधको त्रिवर्षीय तथ्यांक विश्लेषण लगायतका विषयमा प्रस्तुतिकरण गरे।

खनालले नेपाल प्रहरीको सक्रियतामा कर्णाली र सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाविरुद्ध संचालन गरिएको अभियान, राजस्‍व छलीबाट भएको राजस्व संकलनको विवरण, मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, भूमिगत सशस्त्र समूह र तिनका गतिविधिहरू, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय आतंकवाद, विपद् उद्धार र व्यवस्थापन, विपदबाट देशभर भएको मानवीय क्षतिको संख्यात्मक विवरण, समुदाय–प्रहरी साझेदारीमा भएका गतिविधिहरू र यस अन्तर्गत संचालित विद्यालय–सम्पर्क कार्यक्रम, समुदाय केन्द्रित कार्यक्रम, कर्णाली प्रदेशका सुरक्षा चुनौतीहरू, यस वर्ष कर्णाली प्रदेश अन्तर्गत थप भएका प्रहरी ईकाइ, समग्र सुरक्षा चुनौती र सुरक्षा रणनीति लगायतका विषयमा समेत जानकारी दिए।

गोष्ठीमा कर्णाली प्रदेशको विद्यमान शान्ति, सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो।

भोलि, ११ माघमा सम्पन्न हुने गोष्ठीको आजको सत्रमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, कर्णली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदका प्रमुख सचिव केवलप्रसाद भण्डारी, नेपाली सेना मध्यपश्चिम पृतना हेडक्वाटर सुर्खेतका पृतनापति सरोज प्रसाद राणा, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, कर्णाली प्रदेश अन्तर्गतका १० जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो।

" /> सुर्खेत। नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा कर्णाली प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी विरेन्द्रनगरमा शुरू भएको छ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा शुरू भएको उक्त गोष्ठीमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण तथा अनुसन्धान, शान्ति सुव्यवस्था, विपद उद्दार र व्यवस्थापन, भावी कार्यदिशा, सुरक्षा चुनौती एवं रणनीति, देशभरको जघन्य अपराधको तुलनात्मक विश्लेषण, देशभरको समग्र अपराधको त्रिवर्षीय तथ्यांक विश्लेषण लगायतका विषयमा प्रस्तुतिकरण गरे।

खनालले नेपाल प्रहरीको सक्रियतामा कर्णाली र सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाविरुद्ध संचालन गरिएको अभियान, राजस्‍व छलीबाट भएको राजस्व संकलनको विवरण, मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, भूमिगत सशस्त्र समूह र तिनका गतिविधिहरू, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय आतंकवाद, विपद् उद्धार र व्यवस्थापन, विपदबाट देशभर भएको मानवीय क्षतिको संख्यात्मक विवरण, समुदाय–प्रहरी साझेदारीमा भएका गतिविधिहरू र यस अन्तर्गत संचालित विद्यालय–सम्पर्क कार्यक्रम, समुदाय केन्द्रित कार्यक्रम, कर्णाली प्रदेशका सुरक्षा चुनौतीहरू, यस वर्ष कर्णाली प्रदेश अन्तर्गत थप भएका प्रहरी ईकाइ, समग्र सुरक्षा चुनौती र सुरक्षा रणनीति लगायतका विषयमा समेत जानकारी दिए।

गोष्ठीमा कर्णाली प्रदेशको विद्यमान शान्ति, सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो।

भोलि, ११ माघमा सम्पन्न हुने गोष्ठीको आजको सत्रमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, कर्णली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदका प्रमुख सचिव केवलप्रसाद भण्डारी, नेपाली सेना मध्यपश्चिम पृतना हेडक्वाटर सुर्खेतका पृतनापति सरोज प्रसाद राणा, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, कर्णाली प्रदेश अन्तर्गतका १० जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो।

"> कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुर्खेतमा : Dekhapadhi
कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुर्खेतमा

प्रतिक्रिया दिनुहोस्