पत्रकार श्रेष्ठकाे पुस्तक ‘नेपाली प्रवासनः नियति र रहर’ सार्वजनिक
<p>काठमाडाैं। पत्रकार डम्बरकृष्ण श्रेष्ठद्वारा लिखित ‘नेपाली प्रवासनः नियति र रहर’ पुस्तक सार्वजनिक गरिएको छ। </p>
<p>आज ललीतपुरको यलमाया केन्द्रमा लेखक श्रेष्ठ, पोलिसी रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. गणेश गुरुङ, प्रवासन विज्ञ सरु जोशी श्रेष्ठ, शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल र <em>हिमाल खबरपत्रिका</em>का सम्पादक किरण नेपालले पुस्तकको बिमोचन गरे। </p>
<p>श्रेष्ठले लामो समय रिपोर्टिङ गरेको <em>हिमाल खबरपत्रिका</em>मा प्राकशित प्रवासनसम्बन्धी उनका रिपोर्टहरूको संग्रह गरी पुस्तक आकार दिएका हुन्। </p>
<p>पुस्तकमा प्रवासिएका नेपालीको सुखदुखका अतिरिक्त प्रवासनसम्बन्धी सरकारी नीति र त्यसले पारेको प्रभाव केलाइएको छ। ‘सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी, सोसल साइन्स बहाः का लागि हिमाल किताबद्वारा प्रकाशित पुस्तकमा ४२ वटा रिपोर्ट समेटिएकाे छ। </p>
प्रतिक्रिया दिनुहोस्
