पानी अझै पर्ने, ३ दिनको मौसम अनुमानसहित
काठमाडौं। नेपालमा बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा आइरहेकोले अझै केहि दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशका पूर्वी र पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रही पूर्व, मध्य र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ।

भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको असर नेपालको पूर्वी र मध्य भू-भागमा परेको महाशाखाले आज विहान विज्ञप्ती निकालेर जनाएको छ।

आजदेखि ३ दिनको मौसम पूर्वानुमान यसप्रकार छ:

१३ असोज :

दिउँसो: देशका पूर्वी र पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ।

राति: देशको पूर्व र मध्य भेगमा आंशिक देखि सामान्य वदली रही पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ।

१४ असोज :

दिउँसो: देशभर आंशिक बदली रही थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

राति:  देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य वदली रही पूर्व र मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ।

१५ असोज :

दिउँसो: देशभर आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति:  देशभर आंशिक बदली रही पूर्व र मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्