देउवा र प्रचण्डलाई प्रकाण्डको चेतावनी : एमसीसी पारीत भए आगो बाल्छौं नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ। शनिवार काठमाडौंमा पत्रकार सम्मेलनमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले तीन÷चार वर्षअघि एमसीसीलाई सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भएको बताए। उनले सरकारले एमसीसी जस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाए। प्रवक्ता प्रकाण्डले सरकारले यदि मुर्खता नै गरिरहे देशमा आगो लाग्ने चेतावनीसमेत दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्