सेयर बजारको वर्तमान अवस्थामा के गर्दा ठिक हुन्छ ? यस्तो छ विज्ञको सुझाव काठमाडौं। पछिल्लो केहि दिनदेखि गिरावट आइरहेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा आज पनि १०८.२६ अंकले घटेको छ। यसका साथै कारोबार रकम पनि घटिरहेको देखिन्छ। बजार घटिरहेपछि लगानीकर्तामा निराशा छाएको छ। सेयर बजारमा विगत २६ वर्षदेखि कारोबार गर्दै आएका कञ्चनकृष्ण न्यौपाने भने सेयर बजारमा घटबढ हुँदा आत्तिनु नपर्ने बताउँछन्। उनले तत्काल बजार बुलिस ट्रेन्डमा रहने पनि बताए।
प्रतिक्रिया दिनुहोस्