ओलीले फेरी भने, एमसीसीबारे किन गुपचुप ?
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे सरकारको धारणा माग गरेका छन्। शनिबार नेकपा एमालेको काठमाडौं महानगरपालिकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धारणा के हो भनी प्रश्न गरेका हुन। एमसीसी झुक्याएर पास गर्न खोजिएको भन्दै उनले आक्रोश पोखे।
प्रतिक्रिया दिनुहोस्
