काठमाडौं। सन्तोष साहुखलले इन्जुरी समयमा गरेको गोलमा च्यासल युथ क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबलाई १–० ले पराजित गरेको छ।
प्रतिस्पर्धात्मक बनेको खेलमा सन्तोषले इन्जुरी समयमा गोल गरेका हुन्। जारी खेलमा सन्तोषको यो छैटौं गोल हो। लिगमा उनी सबभन्दा धेरै गोल गर्ने खेलाडी हुन। दोस्रो स्थानमा एपीएफका आशिष लामा छन्। आशिषले पाँच गोल गरेका छन्।
प्रतियोगितामा च्यासल युथको यो दोस्रो जित हो। उपाधि जित्ने लक्ष्य राखेर लिग शुरू गरेको च्यासल लगातार जितबिहीन बन्यो। च्यासलले तीन हार र तीन बराबरी खेलेको छ। आजको जितसँगै च्यासल नवाैं स्थानमा उक्लिएको छ। च्यासलको नौं अंक छ।
पराजित ब्रीगेड ब्याइजको आठ अंक छ। आठमध्ये चार खेलमा पराजित ब्रीगेड ब्याइजले दुई खेल जितेको छ भने दुई खेल हारेको छ। ब्रीगेड ब्याइज एघाराैं स्थानमा छ।
" /> काठमाडौं। सन्तोष साहुखलले इन्जुरी समयमा गरेको गोलमा च्यासल युथ क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबलाई १–० ले पराजित गरेको छ।प्रतिस्पर्धात्मक बनेको खेलमा सन्तोषले इन्जुरी समयमा गोल गरेका हुन्। जारी खेलमा सन्तोषको यो छैटौं गोल हो। लिगमा उनी सबभन्दा धेरै गोल गर्ने खेलाडी हुन। दोस्रो स्थानमा एपीएफका आशिष लामा छन्। आशिषले पाँच गोल गरेका छन्।

">