राष्ट्रपतिका राजनीतिक सल्लाहकार प्याकुरेलकाे राजीनामा स्वीकृत

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलकाे राजीनामा स्वीकृत भएकाे छ। आजैबाट लागू हुने गरी राष्ट्रपति भण्डारीद्वारा राजीनामा स्वीकृत भएकाे राष्ट्रपतिकाे कार्यालयले जनाएकाे छ।

प्याकुरेलले आज बिहान राजीनामा गरेका थिए। राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य प्याकुरेललाई ९ चैत २०७४ मा राष्ट्रपतिको सल्लाहकारमा नियुक्त गरिएको थियो।

पढ्नुहाेस्ः

सापकोटालाई सभामुख बनाउने निर्णयमा असन्तुष्टि जनाउँदै राष्ट्रपतिका सल्लाहकार प्याकुरेलद्वारा राजीनामा

प्रतिक्रिया दिनुहोस्