‘काँग्रेस महाधिवेशनको माहोल बन्यो, तोकिएकै मितिमा सम्पन्न गर्न पार्टीको ध्यान केन्द्रित गरौं’ नेपाली काँग्रेसका वरिष्ठनेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनको माहोल बनेको निस्कर्ष निकाल्दै पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ।शनिबार बिहान बसेको पौडेल पक्षका नेताहरुको बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी केन्द्रित भएर लाग्ने निर्णय गरेको नेता प्रकाशमान सिंहले जानकारी दिए। बैठकले भदौं १८गतेदेखि वडातहको अधिवेशन नभए पार्टीको वैधानिकता नै संकटमा पर्ने निष्कर्ष निकाल्दै चिन्ता व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्