काठमाडौं। जाजरकोटको जुनीजाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी आठ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले गाउँपालिका अध्यक्ष केसीलाई आठ लाख रूपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको हो।
अख्तियारको टोलीले उनलाई आज सुर्खेतबाटै पक्राउ गरेको हो।
९ माघमा भएको राष्ट्रिय सभा निर्वाचन र प्रदेश विकास परिषद्को बैठक भाग लिन सुर्खेत झरेका अध्यक्ष केसीलाई उपभोक्ता समितिबाट ८ लाख रूपैयाँ घुस लिएको सूचनाका आधारमा रंगेहात पक्राउ गरिएको अख्तियारको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए।
खड्कासँगै जुनीजाँदेका चन्द्रबहादुर बस्नेत पनि पक्राउ परेका छन्। बस्नेत गाउँपालिका उपाध्यक्ष शिवा आचार्यका पती हुन्।
उनीहरूलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, कटकुवा हेल्थपोष्ट नजिकबाट आठ लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको सूचना अधिकारी सापकोटाले जानकारी दिए।
केसीले गाउँपालिकाको वडा नम्बर ५ मा उपभोक्ता समितिमार्फत् निर्माण गरिएका सडकको बिल भुक्तानीका लागि घुस मागेको अख्तियारको आरोप छ।
केसी तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए।
" /> काठमाडौं। जाजरकोटको जुनीजाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी आठ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्।अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले गाउँपालिका अध्यक्ष केसीलाई आठ लाख रूपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको हो।

">