कसैलाई रिटायर्ड गराउनका लागि सभापति बन्न खोजेको होइन– निधी
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आफू कसैलाई रिटायर्ड गराउनका लागि सभापतिको उम्मेदवार बन्न नखोजेको स्पष्ट पारेका छन्। शुक्रबार नयाँ बानेश्वरमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै निधीले कसैलाई पराजित गर्न वा असक्षम घोषित गर्न उम्मेदवारी नदिएको बताए। आफ्नो उम्मेदवारी आगामी निर्वाचनमा तीन वटै तहमा कांग्रेसलाई बहुमत प्राप्त गराउनका लागि केन्द्रित रहेको उनको भनाई थियो। अब काँग्रेस नेतृत्वमा युवापुस्ता आउनुपर्नेमा उनको जोड थियो।
प्रतिक्रिया दिनुहोस्
