सभापति देउवासँग महाधिवेशनबारे निर्णायक छलफल गर्दैछौँ : डा.मिनेन्द्र रिजाल प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ। पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल टुंग्याई पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न पौडेलले आज अपराह्न सभापतिसँग भेट गर्न लागेका हुन्। वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यतासम्बन्धि बाँकी विवाद तत्काल टुंग्याई महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न सभापति देउवासँग निर्णायक छलफल गर्न लागेको नेता डा.मिनेन्द्र रिजालले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्