नयाँ पार्टी गठनमा साथ छाड्नेलाई नेपालको सन्देश
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नयाँ पार्टी गठनका समयमा साथ छाडेका नेताहरुलाई थाकेको संज्ञा दिएका छन्। पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सुरुमा पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोधमा उनीहरुसमेत भएपनि लामो यात्रामा उनीहरु थाकेर आफ्नो साथ छाडेको उल्लेख गरे । उनले आफू क्रान्तिकारी पार्टी गठनका लागि परेको र आफ्नो यात्रा नरोकिने बताए ।
प्रतिक्रिया दिनुहोस्
