काठमाडौं। तामाङ समुदायले भोलि २८५६औं सोनाम ल्होछार पर्व मनाउँदै छन्। तामाङ समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको आरम्भको रूपमा मनाउने गर्दछन्।
हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाइन्छ। सोही दिन चीनमा समेत नयाँ वर्ष आरम्भ हुन्छ।
यो पर्वका अवसरमा बागमती प्रदेश सरकारले आज बिदा दिएको छ। यसअघि भने बिदाको दिन ल्होछार पर्दा सरकारले बिदा दिने गरेको थिएन।
२७ पुसमा बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आज ल्होछार पर्वको अवसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको थियो। बागमती प्रदेशका काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लाहरूमा आज बिदा छ।
तामाङ समुदायले भने आज दिएको बिदाले कुनै अर्थ नराख्ने बताएका छन्। नेपाल तामाङ धेदुङका उपाध्यक्ष कुमार घिसिङले आजको बिदाले तामाङ समुदायलाई केही फरक नपरेको बताए। “हाम्रो पर्व भोलि हो। त्यो दिन शनिबार छ। उस्तै पनि बिदा भइहाल्छ। यसरी बिदा दिनुको कुनै अर्थ छैन”, उनले भने।
यसअघि पनि दुईपटक शनिबार सोनाम ल्होछार पर्व परेको थियो। त्यो बेला यसरी अघिल्लो दिन बिदा नदिएको तर, यसपटक दिइएको भन्दै आफूहरू अचम्ममा परेको उनको भनाइ छ।
प्रदेश सरकारले भने ल्होछार शनिबार परेकाले शुक्रबारै बिदा दिएको जनाएको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले तामाङ समुदायको मागअनुसार नै मन्त्रिपरिषद्ले बिदा दिने निर्णय गरेको जानकारी दिए।
“सोनाम ल्होछार तामाङ समुदायको ठूलो पर्व हो। एक दिन मात्र मनाइँदैन। दुई/तीन दिन मनाउँछन्”, सचिव सिंहले देखापढीसँग भने, “त्यसको तयारीका लागि बिदा दिइएको हो। उनीहरूको पर्वको सम्मानमा लागि प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो।”
विभिन्न धर्म संस्कृति र परम्पराको सम्मानमा सरकारले समान भावना देखाएको उनको भनाइ छ।
भोलि, ११ माघमा काठमाडौंको टुँडिखेलमा राष्ट्रिय सोनाम ल्होछार २८५६ तथा तामाङ सांस्कृतिक महोत्सवको आयोजना गरिँदैछ। महोत्सवमा तामाङ समुदायका सांस्कृति कार्यक्रमहरू प्रस्तुत गरिनेछ।
" /> काठमाडौं। तामाङ समुदायले भोलि २८५६औं सोनाम ल्होछार पर्व मनाउँदै छन्। तामाङ समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको आरम्भको रूपमा मनाउने गर्दछन्।हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाइन्छ। सोही दिन चीनमा समेत नयाँ वर्ष आरम्भ हुन्छ।

">