नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालको पत्रकार सम्मेलन
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी नेपाली कम्युनिस्ट आन्दोलनले स्थापित गरेका दृढ अडान र मान्यतामा अडिइहरने स्पष्ट पारेका छन्। निर्वाचन आयोगमा दर्ता भएपछि बिहीबार नयाँ बानेश्वरमा आयोजित पार्टीको पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट विचार नछोड्ने बताएका हुन्। यस्तै, गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्
