पहिलो टी–२० क्रिकेटमा न्युजिल्याण्ड भारतसँग ६ विकेटले पराजित

काठमाडौं। केएल राहुल र श्रेयाष एयरको अर्धशतकप्रेरित भारतले आज पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्याण्डलाई ६ विकेटले पराजित गरेको छ।

अकल्याण्डस्थित इडेन पार्कमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्याण्डले पाँच विकेट गुमाएर २०३ रन बनाएको थियो। २०४ रनको लक्ष्य भारतले १९ ओभर ४ विकेट गुमाएर पुरा गर्‍यो।

भारतका एयरले सबभन्दा धेरै अविजित ५८ रन बनाए। उनले २९ बलमा पाँच चौका र तीन छक्का हाने। राहुलले २७ बलमा चार चौका र तीन छक्कासहित ५६ रन बनाए। कप्तान विराट कोहलीले ४५ रनको जोडे।

न्युजिल्याण्डका इश सोधिले दुई विकेट लिदा मिचेल सन्टनर र ब्ल्याएर टिक्नरले एक एक विकेट लिए।

त्यसअघि न्युजिल्याण्डका कोलिन मुनरोले ५९, रोस टेलरले ५४ तथा कप्तान केन विलियाम्सनले ५१ रन बनाए। ओपनर मार्टिन गुप्टिलले ३० रन बनाए।

भारतका जसप्रीत बुमराह, शार्दुल ठाकुर, रबिन्द्र जडेजा, युजभेन्द्र चहल, शिभम दुबेले एक एक विकेट लिए। जितसँगै भारतले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ।

प्रतिक्रिया दिनुहोस्