अध्यादेशप्रति ओलीको टिप्पणीः एमाले फुटाउने बाहेकको नियत देखिएन काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल फुटाउने नियतका साथ वर्तमान सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको आरोप लगाएका छन्। तेस्रो धारका नेताहरु एकताबद्ध भएसँगै आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अध्यादेश जारी गर्नु संवैधानिक भएपनि नियत सफा हुनुपर्ने बताए। वर्तमान सरकारले खराव नियतका साथ अध्यादेश ल्याएर एमाले विभाजन गरिदिएको उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस्