चोइटो अलिकति उछिट्टिएको मात्र हो
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजित नभएर केही मानिसहरु अलग भएको बताएका छन्। गन्तव्यहीन सरकार बनाउन राष्ट्रपतिकहाँ जाँदा, मुद्दा हाल्दा पनि आफूले एकताका लागि पहल गरेको दाबी गरे । उनले सत्तारुढ गठबन्धनलाई चुम्बकको दुई ध्रुवसँग तुलना गरे। माधवकुमार नेपाललाई एमालेमा रहन नसक्ने गरी, छुटाउने र चुडाउने गरी अरुले भुमिका खेलेर एमाले विभाजन गराएको उनले आरोप लगाए।
प्रतिक्रिया दिनुहोस्
