एन्फा कास्कीका अध्यक्ष मिलन गुरूङ पक्राउ
<p>काठमाडाैं। गण्डकी प्रदेश सभाका सांसद राजीव गुरूङ (दीपक मनाङे)ले झापड हानेका एन्फा कास्कीका अध्यक्ष मिलन गुरूङ पनि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई आज पक्राउ गरेको हाे।</p>
<p>“अदालतबाट पक्राउ गर्ने आदेशपछि हामीले पक्राउ गरेका हौं”, कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले <em>देखापढी</em>सँग भने,“उनीविरुद्ध बैंकिङ कसुर तथा ठगीसम्बन्धी मुद्दा परेको थियो।”</p>
<p>अदालतबाट आज पक्राउ अनुमति लिएर प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ।</p>
<p>यसअघि ९ माघमा उनलाई थप्पड हानेका सांसद दीपक मनाङेलाई प्रहरीले पक्राउ गरेको थियो। जिल्ला प्रशासन कार्यालयबाट दुई दिन हिरासतमा राख्ने अनुमति लिएर उनीमाथि थप अनुसन्धान भइरहेको छ। मनाङेविरुद्ध सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
