मलेसियाका प्रधानमन्त्रीद्वारा राजासमक्ष राजीनामा एजेन्सी। मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजासमक्ष राजीनामा दिएका छन्। विज्ञान, प्रविधि र नवप्रवर्तनमन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाहसमक्ष प्रधानमन्त्रीले राजीनामा दिएको पुष्टि गरेका हुन्। उनले सोमबार सामाजिक सञ्जालमा उल्लेख गरेका छन्,“हाम्रो मन्त्रिपरिषद्ले राजासमक्ष राजीनामा दिएको छ।”राजा अब्दुल्लाहले उनको राजीनामा स्वीकृत पनि गरिसकेका छन्। राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी भने उनलाई नै दिएका छन्।
प्रतिक्रिया दिनुहोस्