काठमाडौं। ३५ वर्षअघि बनेको चलचित्रको नाममा फेरि अर्को चलचित्र बन्ने भएको छ। सिंगे लामाले ३५ वर्ष अघि बनेको चलचित्रको नाम सापटी लिँदै चलचित्र ‘के घर के डेरा’ निर्माण गर्न लागेका हुन्।
चलचित्रलाई सुव्रतराज आचार्यले निर्देशन गर्नेछन्। सामाजिक विषयमा बन्न लागेको यो चलचित्रमा दयाहाङ राई, विपिन कार्की र रविन्द्र झाको मुख्य भूमिका रहनेछ।
चलचित्रको छायाङ्कन चैतबाट शुरू हुनेछ। चलचित्रका लागि दयाहाङले साइन गरिसकेका छन् भने विपिनले पनि मौखिकरूपमा सहमति जनाइसकेका छन्। शरद श्रेष्ठ र किरण महर्जन चलचित्रका निर्माता हुन्। चलचित्रको छायाङ्कन काठमाडौंमै हुनेछ।
चलचित्रका लागि नायिकाको खोजी भइरहेको छ। निर्माण पक्षले केही नायिकासँग कुरा गरे पनि फाइनल गर्न सकेको छैन। नायक विपिन कार्की र दयाहाङ राईले चलचित्र ‘लुट, लुट–२ र जात्रै जात्रा’ मा सहकार्य गरेका थिए। त्यसैले पनि उनीहरूको केमेष्ट्री रहने चलचित्र ‘के घर के डेरा’ दर्शकका लागि रोचक हुने विश्वास निर्माण पक्षले लिएको छ।
यसको अफिसियल घोषणा भने भएको छैन। यसको घोषणा केही दिनमा गरिने निर्देशक आचार्यले जानकारी दिए।
" /> काठमाडौं। ३५ वर्षअघि बनेको चलचित्रको नाममा फेरि अर्को चलचित्र बन्ने भएको छ। सिंगे लामाले ३५ वर्ष अघि बनेको चलचित्रको नाम सापटी लिँदै चलचित्र ‘के घर के डेरा’ निर्माण गर्न लागेका हुन्।चलचित्रलाई सुव्रतराज आचार्यले निर्देशन गर्नेछन्। सामाजिक विषयमा बन्न लागेको यो चलचित्रमा दयाहाङ राई, विपिन कार्की र रविन्द्र झाको मुख्य भूमिका रहनेछ।

">