अफगानिस्तान तालिबानले कब्जामा लिएपछि ट्रम्पले मागे बाइडेनको राजीनामा बीबीसी।अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनको राजीनामा माग गरेका छन्।तालिबानले अफगानिस्थान कब्जा गरेपछि ट्रम्पले बाइडेनको राजीनामा मागेका हुन्।“अफगानिस्तानमा जसलाई उनले अनुमति दिए त्यो अपमानको लागि उनले राजीनामा दिनुपर्छ”, ट्रम्पले भनेका छन्।तालिबानले राजधानी काबुल कब्जा गरेपछि अमेरिका लगायतका देशले आफ्नो दूतावास बन्द गर्दै आफ्ना नागरिकलाई उद्धार गरिरहेका छन्। २० वर्षदेखि अमेरिकी सेना अफगानिस्तानमा रहँदा पनि तालिबानमाथि नियन्त्रण राख्न सकेन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्