मुगु। मुगुमा सरकारी कार्यालयका प्रमुखहरू नहुँदा कामकाज प्रभावित भएको छ।  जिल्लाको मुख्य प्रशासनिक निकाय जिल्ला प्रशासन कार्यालयमा समेत अधिकृत स्तरका कर्मचारी छैनन्।

जिल्ला प्रशासन कार्यालय मुगु यतिबेला खरिदारको भरमा चलिरहेको छ। प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे हालसालै सुर्खेततिर गएका छन्। एक महीनाअघि जिल्ला बाहिर गएका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवाली पनि अझै फर्केका छैनन्। प्रशासन कार्यालय अहिले खरिदार नरबहादुर बुढाले सम्हालेका छन्। जिम्मेवार व्यक्ति नहुँदा प्रशासनबाट हुने सेवा प्रवाहका काम प्रभावित भएको छ।

जिल्ला प्रशासन कार्यालय नै प्रमुखबिहिन भएपछि दिनहुँ नागरिकता तथा अन्य कामका लागि टाढाबाट सदरमुकाम आएका सेवाग्राही रित्तो हात फर्किनु परिरहेको छ। ‘‘हिमपातमा एक दिनको बाटो पैदल हिडेर नागरिकता लिन आइयो तर सिडियो साव नभएकाले नबन्ने भयो’’, प्रशासन कार्यालयको गेटमा भेटिएका कार्मारोङ गाउँपालिका चिमाथाका धनकृष्ण बडुवालले भने , ‘‘अब भोलि घर फर्किनु पर्ला।’’

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन प्रमुख जिल्ला अधिकारी घिमिरे जिल्ला बाहिर गएका हुन्। खरिदार बुढाका अनुसार अधिकृत तहका कर्मचारी नहुँदा नागरिकता बनाउन आउने सेवाग्राही रित्तो हात फर्किरहेका छन्। हस्ताक्षर चल्ने अधिकृत नै नहुँदा अन्य प्रशासनिक काममा पनि बाधा परिरहेको छ।

मुगुमा जिल्ला प्रशासन कार्यालयको मात्र नभई अन्य सरकारी कार्यालयको अवस्था पनि उस्तै छ। विभिन्न कार्यक्रम पारेर प्रमुखहरू जाडो छल्न सुर्खेत, नेपालगन्ज, काठमाडौं लगायतका ठाँउमा झरेका छन्।

शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला कृषि विकास कार्यालय, पशु अस्पताल, जिल्ला नापी कार्यालय, डिभिजन वन कार्यालय पूर्वाधार विकास कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, सामाजिक विकास कार्यालय पनि अहिले प्रमुखबिहिन छन् । सबै कार्यालयका प्रमुखले कार्यालयको काम पारेर जिल्ला छोडेपछि अधिकांश कार्यालय निमित्तको भरमा चलिरहेका छन् ।

शिक्षा विकास तथा समन्वय कार्यालयका प्रमुख सूर्य खत्री दुई सातादेखि जिल्ला बाहिर छन्। विद्यालयको कामका लागि एक सातदेखि कार्यालय धाउँदापनि सधैं ढोका बन्द भएकाले आफू होटलमा बसेर कार्यालय प्रमुखको पखाईमा रहेको शोरूकोट गाउँपालिका–६, कालैका रोशन जैशी बताए।

जिल्ला वन कार्यालयका प्रमुख भरत बुढा थापा पनि दुई सातादेखि जिल्ला बाहिर छन्। घर बनाउने प्रयोजनका लागि १५ क्यूफिट भन्दा माथिको काठको पूर्जी लिन आउने सेवाग्राही रित्तो हात फर्किन बाध्य छन् । ‘‘काठको पूर्जीका लागि डिभिजन वन कार्यालय गएको तीन दिन भयो’’, छायानाथ रारा नगरपालिका–५ ढुमका रामु विश्वकर्माले भने, ‘‘कार्यालय प्रमुखले दश क्यूफिटभन्दा माथिको काठको पूर्जी काट्ने अनुमति अरूलाई नदिएकाले  रित्तो हात फर्किए।’’

घाम तापेरै हाजिर
कार्यालय प्रमुख नभएर फुर्सदिला बनेका मुगुका सरकारी कार्यालयका अन्य कर्मचारी घाम तापेर हाजिर गर्ने गरेका छन्। कार्यालयका हाकिम नभएकाले खासै कामको चाप नहुने भएपछि जाडोमा घाम तापेर बस्नु परेको कर्मचारीहरूको भनाई छ। खानेपानी, सिंचाई, उर्जा विकास कार्यालयका निमित्त प्रमुख दीर्घ पालले आफूले गर्ने खासै काम नभएका कारण कोठाभित्र बस्नुभन्दा घाम तापेर समय बिताउने गरेको बताए।

" /> मुगु। मुगुमा सरकारी कार्यालयका प्रमुखहरू नहुँदा कामकाज प्रभावित भएको छ।  जिल्लाको मुख्य प्रशासनिक निकाय जिल्ला प्रशासन कार्यालयमा समेत अधिकृत स्तरका कर्मचारी छैनन्।

"> हाकिमले जाडो छल्न जिल्ला छाडे, भएका कर्मचारी घाम तापेर दिन काट्दै: Dekhapadhi
हाकिमले जाडो छल्न जिल्ला छाडे, भएका कर्मचारी घाम तापेर दिन काट्दै

प्रतिक्रिया दिनुहोस्