राष्ट्रिय गौरव आयोजना: प्रधानमन्त्री चाहन्छन्, काम हुँदैन
काठमाडौं। ९ असोजमा मन्त्री र सचिवहरुसँग समीक्षात्मक बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी मुख्य आयोजनाहरुको काम ढिलो भएको र समन्वय नभएको भन्दै असन्तुष्टि व्यक्त गरे।
अघिल्ला आर्थिक वर्षका समीक्षा बैठकहरुमा पनि प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुसमक्ष यस्तै असन्तुष्टि पोखेका थिए।
प्रधानमन्त्री ओलीले डेढ वर्षदेखि एउटै खालको निर्देशन दिइरहेका छन्। ९ असोजको समीक्षा बैठकमा उनले भने, “तपाईहरु महत्वपूर्ण र गेम चेन्जर विकास परियोजजनामा केन्द्रित भएर काम गर्नुस्, फाइल कतै पनि नरोकियोस्।” सरकारी काममा समन्वय नभएकामा उनी आक्रोशित देखिन्थे।
विकासे मन्त्रालयका सचिवहरुको भइरहने हेरफेर, आयोजनामा आउने समस्या समयमै समाधान नगर्ने, निर्माण गरिरहनुपर्ने सबै संरचनाको पटकपटक ठेक्का आव्हान गर्नुपर्ने भइरहँदा राष्ट्रिय गौरवसहितका ठूला परियोजनाको काम सन्तोषजनक नभएको आजको कान्तिपुरमा समाचार छ।
शहरी विकासका पूर्व सचिव किशोर थापा मन्त्रालयहरुबीच मात्र नभइ तिनै तहका सरकारबीच समन्वय नहुँदा स्थानीयस्तरमा काम हुन नसकेको बताउँछन्।
डेढ वर्षअघि ओली प्रधानमन्त्रीमा बहाल हुँदा २१ वटा राष्ट्रिय गौरवका आयोजनाको काम द्रुत गतिमा अघि बढ्ने अपेक्षा गरिएको थियो। तर प्रधानमन्त्रीले चाहे अनुसारको स्प्रिटमा काम हुन सकिरहेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्