जलालाबाद पनि तालिबानको कब्जामा, प्रमुख सहरमा काबुलमात्र अफगानी फौजको नियन्त्रणमा एजेन्सी। तालिबान लडाकुले अफगानिस्तानको अर्को ठूलो सहर जलालाबादलाई कब्जामा लिएका छन्। शनिबार मात्र तालिबानले मजार–ए–शरिफलाई कब्जामा लिएका थिए। जलालाबाद नागरहार प्रान्तको राजधानी हो। अफगानिस्तानका प्रमुख सहरमध्ये अब राजधानी काबुल मात्र अफगान सुरक्षा फौजको नियन्त्रणमा रहेको बताइएको छ। जलालाबादमा सरकारी सुरक्षा फौजले कुनै प्रतिकार नगरी तालिबानलाई छोडिदिएका थिए। तालिबान लडाकुहरु चारै तिरबाट काबुललाई घेर्दै अघि बढेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्