आज यी चार प्रदेशमा छ भारी वर्षाको सम्भावना काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। भारी वर्षा हुने पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। हाल देशको प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामन्य बदली भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्