आइसीसी क्रिकेट विश्वकप लिगका लागि नेपाली टोली घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आज आइसीसी क्रिकेट विश्वकप लिग-२ को लागि ज्ञानेन्द्र मल्लको कप्तानमा नेपाली टोलीको घोषणा गरेको छ।

क्यानले घोषणा गरेको टीममा युवा खेलाडी कमलसिंह ऐरी पहिलो पटक स्थान बनाउन सफल भएका छन्।

कमलसिंहले पहिलो पटक टोलीमा स्थान बनाउँदा अनुभवी तीब्र गतिका बलर सोमपाल कामी भने टोलीमा छैनन्।

सोमपाल घाइते भएको जनाइएको छ। दीपेन्द्रसिंह ऐरीले उपकप्तानको जिम्मेवारी पाएका छन्।

अमेरिका, ओमान र नेपालबीच २२ माघबाट कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने त्रिदेशीय शृंखलाका लागि युवा खेलाडी कुशल मल्ल अभिनाष बोहराले पनि १४ सदस्स्यीय टोलीमा स्थान बनाएका छन्।

ओमान र अमेरिकाले यसअघि नै टीमको घोषणा गरिसकेका छन्। अनुभवी स्पिनर बसन्त रेग्मी, ओपनर सुवास खकुरेल भने टीममा परेनन्।

शरद भेषावकर भने टीममा स्थान बनाउन सफल भएका छन्।

उमेश पट्वालले मुख्य प्रशिक्षणमा छन्। पट्वाललाई जगत टमाटा र बसन्त शाहीले सघाउनेछन्।

रिशिराम गौतमले टीम व्यवस्थापनको जिम्मेवारी पाएका छन्।

फिजियोमा बिक्रम न्यौपाने छन् भने टेक्निकल एनालिष्टमा रमण सिवाकोटी रहेका छन्।

नेपाली टीमः

ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्रसिंह ऐरी(उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अभिनाष बोहरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी, रोहितकुमार पौडेल, शरद भेषावकर, ललितनारायण राजवंशी

बैकल्पिक खेलाडीः

पवन सर्राफ, सुवास खकुरेल, सन्दीप जोरा, किशोर महतो

प्रतिक्रिया दिनुहोस्